Wednesday, February 16, 2011

गजल


-अशिम महत

बगैँचाको पल्लो छेउमा, म सारेको मान्छे,
नगर भो जीतको कुरा,म हारेको मान्छे!

चुम्न नदीई किनारलाई, भेलमा बगाएर,
वल्लो घाट न पल्लो तीरमा, म पारेको मान्छे!

चढ्दै गर्दा पाइलाहरु, पिरतीको शिखर पुग्न,
झटारोले दिलमै हानी,म झारेको मान्छे!

नचलाऊनु कुराकानी, माया पीरतिका,
कसम खाइ बोली बचन, म बारेको मान्छे!

धोखाहरु खात लगाइ, आगो सल्काएर,
प्रेमको कसी लगाई , म खारेको मान्छे!
नगर भो जीत को कुरा, म हारेको मान्छे!

पिपलधारा- १
हाल: बहराईन