Wednesday, May 18, 2011

मेरो बारेमा

मेरो नाम प्रकाश थापा हो | मेरो बास्तबिक ठेगाना जुभुङ्ग २ गुल्मी नेपाल हो | अझ ठ्याकै भन्नु पर्दा काब्रेपोखरी | तर म आफ्नो पढाईको शिलशिलामा हाल काठमाडौँमा बस्दै आएको छु |मैले यो ब्लग 2010 बाट सुरु गरेको कुरा त तपाई हरुलाई थाहा नै छ  र एउटा कुरा म तपाईहरु संग गर्न चाहान्छु |
 जुन यस प्रकार छ |

आफ्नो जन्मे हुर्केको ठाउँलाई चटक्क छोडेर गाउँ भन्दा टाढा बस्नु पर्दा सायद सबैलाई नरमाइलो लाग्नु स्वाभाविक नै हो | यसमा पनि आफ्नो गाउँ देखि टाढा हुदाका हरेक दिन मातृ भूमिको सम्झनालाई दिमागमा ताजा बनाउदै आफ्नो कार्यमा लाग्नु सबैको लागि बाध्यता जस्तै हुन्छ | अझ फुर्सदको समयमा त झन् गाउँको यादले सारै पिरोल्ने गर्छ | कोइ साथीहरु संग भेटु भेटु जस्तो लाग्छ अनि  गाउँमा के कस्तो छ होला भन्ने उत्सुकता लागिरहन्छ होइन र ? त्यसैले मैले blogger  बाट  फ्री web domain प्रयोग गरेर यो ब्लग संचालन गरेको छु | मैले यो ब्लगमा हाम्रो गाउँमा हुने गतिविधिलाई मेरो जानकारीमा भए सम्म आफ्नै ढङ्गबाट प्रकाशित गर्ने गरेको छु तर यसमा मेरो कुनै नाफा /घाटा छैन |यो त मेरो गाउँ बासीहरुलाई गाउँको बारेमा जानकारी गराउने सानो प्रयास हो | र मैले तपाईहरुसंग पनि त्यस्ता कुनै जानकारी भएमा jubhung@gmail.com अथवा मेरो मोबाइल नम्बर 9841625755 मा जानकारी गराउन  हार्दिक अनुरोध गर्दछु |मैले यो ब्लगमा  कहिले कसो गुल्मी न्युज डट कम बाट पनि समाचार राखने गरेको छु र रमाइला अरु कुराहरु पनि |मलाई पूर्ण भरोसा छ तपाईहरुले मेरो प्रयासमा सहमति जनाउनु भएको छ  र जनाउनु हुनेछ |
अन्त्यमा तपाईहरुको अमुल्य सुझाभको सधै प्रतिक्षा गरिरहेको छु साथै प्रतिक्रियाको पनि |
हामी सबैको भलो होस् !
कस्तो लाग्यो कमेन्ट गर्नुहोस है त !