Wednesday, May 18, 2011

गरिबी बालबालिकाले नि:शुल्क शिक्षा पाउने

गगनशिला खड्का
दश बर्षै द्वन्दको क्रममा र गरिबीको कारणले पढ्न नपाएर पिल्सीएका बालबालिकाहरुले अव नि:शुल्क रुपमा शिक्षा पाउने भएका छन । पढ्ने चाहना हुदाँहुदै पनि अवसरबाट बञ्चित द्धन्द्ध र एच.आई.भी पिडित बालबालिकालाई शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको उई आर टुगेदर नेपाल नामक संस्थाले आज शाखा कार्यलय गुल्मीमा गरेको अन्तर्कृया कार्यक्रममा सो कुराको जानकारी गराएको हो । 
गरिवीको कारणले शिक्षाको अवसरबाट बञ्चित भएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उदेश्य रहेको सँस्थाले गुल्मी जिल्लामा द्धन्द्ध, एच.आई.भी. पिडित र गरिबीको कारणले पछाडि परेका बालबालिकाको अवस्था, आर्थिक स्थीती र सहकार्य लगायतका विषयमा छलफल गरेको थियो । स्थानीय शान्ती समिति गुल्मीका संयोजक जिवन रानाको प्रमुख आतिथ्यतामा सम्पन्न छलफल कार्यक्रममा संयोजक रानाले शान्ती समितिमा आउने आर्थिक रकम समन्धीत कार्यलयमा सिधै आउने भएकोले समितिले मध्यस्ताको भुमीका मात्र निर्वाह गर्न सक्ने बताउनुभयो ।
उहाँले संस्थाले गर्न लागेको राम्रो कामका लागी आफ्नो र संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । यस्तै कार्यक्रममा नेकपा एमालेका जंग नेपालीले गुल्मी जिल्लामा मात्र देशभर नै दश वर्षे द्धन्द्ध र आर्थिक कमजोरीका कारण धेरै बालबालिकाहरु जोखिममा रहेको र शिक्षाको पहुचबाट टाढा रहेको बताउनुभयो । उहाँले यस्ता खालका संस्थाहरु धेरै स्थापना भएका र एक दुई वर्ष काम गरेर बन्द हुने अवस्थामा पुगेको बताउदै पहिले शुरुवातमा आर्थिक खर्चिने भन्दा पनि रचनात्मक काम गर्न सुझाव दिनुभयो।उहाँले बाबबालिकाको क्षेत्रमा काम गरिराखेका सिविन,सेभ द चिल्ड्रेन लगाएतका संस्थाहरु संग सहकार्य गरेर अगाडी बढ्न सल्लाह दिनुभयो । 
छलफलमा तम्घास गाविसका पुर्व अध्यक्ष तथा महेन्द्र उच्च माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले यदि संस्थाले सिफारिस गरेर पठाएमा आफ्नो विधालयले पनि ४ जना बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता ब्याक्त गर्नुभएको छ । साथै श्रेष्ठले बालबालिकाको शिक्षा पाउने अधिकार मात्र नभएर खेल्न पाउने पनि अधिकार भएकोले गुल्मीको सदरमुकाम तम्घासमा बालबालिकाको लागी चिल्ड्रेन पार्कको आवश्यकता रहेको बताउनुभयो । 
कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द देबकोटाले संस्थाले पहिलो चरणमा राजनितिक दल र पत्रकारहरु संग छलफल गरेको दोश्रो चरणमा गुल्मी जिल्लाका विधालयका प्रधानाध्यापक र विधालय व्यवस्थापन समितिका अध्यक्ष संग छलफल चलाउने जानकारी दिनुभयो ।
 
gulminews.com बाट लिइएको