Monday, June 20, 2011

६ वर्ष सम्म फरार अभियुक्तलाई सर्वस्वसहित जन्म कैद


जनार्दन घिमिरे
एक महिलाको हत्या गरेको अभियोगमा गत ६ वर्षदेखि फरार अभियुक्तलाई आईतवार गुल्मी जिल्ला अदालतले सर्वस्व सहित जन्म कैदको फैसला सुनाएको छ । २०६२ साल साउन ७ गते जुभुङ्ग गाविस ३ निवासी ५५ वर्षीय मनवुजा थापालाई हत्या गरिएको अभियोगमा गौडाकोट गाविस ५
निवासी २४ वर्षीय कृष्ण भन्ने डोलवहादुर सोमरे मगरलाई अदालतले यस्तो फैसला सुनाएको हो । 
फरार रहेका सोमरेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले यही वैशाख ६ गते पक्राउ गरी अदालतमा पेश गरेको थियो । हालसम्म पुर्पक्षका लागि थुनामा रहेका सोमरेलाई आज जिल्ला न्यायधिष खडानन्द तिवारीको इजालसले सर्वस्व सहित जन्म कैदको फैसला गरी आजै जेल चलान गरिएको अदालतले जनाएको छ । मनवुजा थापालाई वाख्रा पाल्न दिएको र सोही विषयवाट असन्तुष्ट भई सोमरेले पलाष्टिकको डोरीले पासो लगाई हत्या गरेको जाहेरी मृतकका देवर चेतवहादुर थापाले अदालतमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।