Wednesday, June 22, 2011

जुभुंगबाट एस.एल.सी.मा ३७ जना पास

सर्बप्रथम त गत चैत्र १० देखि १८ गतेसम्म सञ्चालित एसएलसी परीक्षामा श्री सुर्योदय मा. वि र श्री काब्रे पोखरी मा. वि. बाट सामेल भई उत्तीर्ण हुन सफल  सम्पूर्ण भाइबहिनीहरुलाई जुभुंग दर्शनको तर्फबाट हार्दिक बधाई तथा उच्च शिक्षामा पनि राम्रो सफलता मिलोस यहि कामना |
उक्त परीक्षामा श्री सुर्योदय मा. वि. बाट सामेल जम्मा ६६ मध्ये २८  जना पास हुन सफल भएका छन् | जस मध्ये १ जनाले विशिष्ट श्रेणी , १५  जनाले प्रथम श्रेणी र १२  जनाले दृतिय श्रेणी प्राप्त  गरेका छन् |साथै एक्जाम्टेड तर्फ १ जना पास भएका छन् |
त्यस्तै गरि श्री काब्रेपोखरी  मा. वि. बाट सामेल जम्मा २० मध्ये ८ जना पास भएका छन् | जस मध्ये १ जनाले प्रथम श्रेणी र ७  जनाले दृतिय श्रेणी प्राप्त  गरेका छन्|र ६ जना पुरक परीक्षामा परेका छन् |
यो नतिजा अनुसार पहिलेको वर्ष भन्दा कम प्रतिशत विधार्थी उतिर्ण भएका छन् |त्यसैले आउदा बर्षमा एसएलसीको  नतिजा सुधार गर्नको लागि अहिले देखि नै दुवै विधालयको ध्यान जानु आवस्यक देखिन्छ |साथै यस परीक्षामा अनुतिर्ण हुने सबैलाइ सान्तोना दिदै  मेहनत गर्न आग्रह छ |