Thursday, June 23, 2011

फोटो खिच्ने काम सकियो


जुभुंग गा. वि. स. मा फोटो सहितको मतदाता परिचय पत्रको लागि फोटो खिच्ने काम यहि असार ६ र ७ गते दुई दिन लगाएर सम्पन्न भएको छ |
जिल्ला निर्वाचन कार्यालय गुल्मीका पधादिकारी र स्थानीयको सहभागितामा गा. वि. स. का दुई  स्थानमा गरि कार्यक्रम संचालन गरिएको थियो | जस अनुसार झिर्बासमा काब्रेपोखरी मा. विधालय र उर्लाकोटमा जनता नि. मा. विधालयमा  सोहि कार्यक्रमको लागि स्थानीय जम्मा भएका थिए | साथै मतदानको लागि उमेर पुगेका तर हाल गाउँमा नभएकाहरुको भने नाम र ठेगाना सहितको विवरण मात्र संकलन गरिएको छ | यस पटक छुटेकाहरुले भने पछी जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गरि फोटो सहितको मतदाता परिचय पत्र बनाउनु पर्नेछ |