Monday, April 25, 2011

पुग्दैछ साईसेमा मोटर

तपाई गाउँ मै हुनुन्छ भने त तपाईलाई थाहा नै छ गाउँमा बाटो निर्माण गर्ने  काम तिब्रता का साथ हुदै छ | तर गाउँ बाहिर हुनेहरुलाई जानकारी होस् आहिले गाउँमा साईसे जानको लागि मोटर बाटो निर्माण हुदैछ | हाल साईसे जानको लागि तल्ला गाउँ सिबको मन्दिर नजिकबाट चौपारी, काफल्दुंग  हुदै साईसे सम्म जोड्ने मोटर बाटोको लागि डोजरले बाटो निर्माण गरिरहेको छ | पहिले काब्रेपोखरीबाट साईसे जोड्ने बाटो निर्माण गर्ने भनिए पनि केहि व्यक्तिहरुको बिरोधले गर्दा सहमति हुन सकेन र अन्त्यमा तल्ला गाउँबाट बाटो लैजाने सहमति बनेपछि निर्माण कार्य सुरु गरिएको हो | साईसे जोड्ने बाटो निर्माण संगै साईसेमा उत्पादन हुने कृषि उपजहरु बाहिर निर्यात गर्न सजिलो हुनेमा साईसेली बासीहरु हर्षित भएका छन् | गत वर्ष मात्र करिब छ लाख बराबर को सुन्तला साईसेबाट अनेत्र निर्यात गरिएको  थियो | साथै साईसेमा सुन्तला लगायत कफी को पनि राम्रो उत्पादन हुने गरेको छ |