Sunday, April 17, 2011

रेसुंगामा मनकामना मन्दिरको सिलान्याश

नया वर्ष २०६८ सालको  सुभ साहित् पारेर झिर्बास गाउँ बासीहरुको आयोजनामा रेसुंगामा मनकामना मन्दिर निर्माणको लागि सिलान्याशको कार्यक्रम सम्पन्न गरिएको | नया वर्ष संगै वैशाख गतेको शुभारम्भमा गाउँ बासीहरु भजन तथा वाजागाजाका साथ मन्दिर सिलान्याश स्थल रेसुंगा जंगलको बुढीपोखरी नजिकको ठाउँमा पुगेका थिए |
वाजागाजाका साथमा नाच गान गर्दै मन्दिर निर्माण स्थलमा पुगेका गाउँ बासीहरुले मन्दिर निर्माणको लागि पहिचान हुने गरि उचित ठाउँ को छनोट गरि ढुंगाको मुर्ति समेत राखेर सामान्य पुजा आजा गर्न मिल्ने बनाएका छन् | हाल मन्दिर निर्माणको लागि कुनै किसिमको वजेट नभए पनि  निकट भविष्यमा मन्दिर निर्माण गर्ने गरि सिलान्याशको काम सम्पन्न गरिएको गाउँ बासीहरुले बताए